काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आजको वृद्धिसँगै सुनको मूल्य पुनः उकालो लागेको छ ।
यता, चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको हो ।


