प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा सहयोग विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो।

उहाँले आर्थिक विकास, पूर्वाधार, लगानी, व्यापार तथा जनस्तरको सम्बन्ध विस्तारमा दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
भेटमा राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउन तथा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। –00–

Share:

सम्बन्धित समाचारहरु