पोखरा विमानस्थल घोटाला प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ।

मङ्गलबार भएको सुनुवाइपछि विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश जारी गरेको हो। यसअघि यही प्रकरणमा प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा बिगो कायम गरी सो रकम असुलउपर तथा कानुनबमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।–00—

Share:

सम्बन्धित समाचारहरु