काठमाडौं ,३१ जेठ । — पर्सामा प्रहरीले एक सय किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार खेतमा लुकाइ राखिएको अवस्थामा पाँच बोरा गाँजा फेला परेको थियो। बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बरामद गाँजा कसको हो भन्ने अझै खुल्न नसकेको बताए। उनका अनुसार गाँजा लुकाएर राख्ने व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।–00—

