प्रतिनिधि सभा बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधि सभा को बैठक विपक्षी दलको अवरोधपछि स्थगित भएको छ। सदनमा चर्को होहल्ला भएपछि सभामुख डीपी अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो।

विपक्षी दलहरूले प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने अडान कायम राखिरहेका बेला सभामुखले बैठकको कार्यसूची अघि बढाउने प्रयास गर्नुभएको थियो। त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद जगदीश खरेल ले विपक्षी दलले संसदमा “तमासा” देखाएको आरोप लगाएपछि सदनको वातावरण थप तनावपूर्ण बनेको थियो।

सांसद खरेलको अभिव्यक्तिपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए भने सदनमा नाराबाजी र होहल्ला चर्किएको थियो। लगातारको अवरोधपछि सभामुख अर्यालले बैठक सञ्चालन गर्न नसकिने अवस्था आएको भन्दै केही समयका लागि बैठक स्थगित गर्नुभएको हो।

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले पछिल्ला दिनहरूमा निरन्तर संसद अवरुद्ध गर्दै आएका छन्।

Share:

सम्बन्धित समाचारहरु