सभामुखको आग्रहपछि पनि बैठकमा आएनन् प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख डीपी अर्यालले बैठक मंगलबारसम्मका लागि स्थगित गरेका हुन् ।

सभामुख अर्यालका अनुसार प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले विरोध जनाउँदै नाराबाजी गरेका थिए । सभामुखले प्रधानमन्त्रीलाई बैठकमा उपस्थित हुन आग्रह गरे पनि उनी उपस्थित नभएको बताइएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु