संसद बैठकः श्रम संस्कृतिका सांसदहरूले प्रधानमन्त्रीविरुद्ध प्लेकार्ड प्रदर्शन गर्दै जनाए विरोध

काठमाडौं, ४ जेठश्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै बालेन शाह विरुद्ध विरोध जनाएको छ।

पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम नियमित गर्न र प्रधानमन्त्री प्रश्नबाट भाग्न नपाउने माग गरेका हुन्।

यसअघि विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका थिए। तर, प्रधानमन्त्री अनुपस्थित भएपछि सरकारका तर्फबाट स्वर्णिम वाग्ले ले संसद्मा जवाफ दिएका थिए।

प्रतिनिधिसभामा सामान्यतः प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था रहे पनि जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा उक्त कार्यक्रम समावेश छैन। यही विषयलाई लिएर श्रम संस्कृति पार्टीले संसद्मा प्लेकार्डसहित विरोध जनाएको हो।

विरोधका क्रममा सभामुखले सांसदहरूलाई प्लेकार्ड प्रदर्शन नगर्न निर्देशन दिएका थिए। –00–

Share:

सम्बन्धित समाचारहरु