नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका क्षेत्रमा सडक सुरक्षाका काम सुरु गरिएको छ । पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार सडकमा सेतो–पहेँलो चिह्न बनाउने, डिभाइडर रंगाउने, स्पिड लिमिट संकेत राख्ने, रेलिङ र डब्लु–बिम जडान गर्ने काम भइरहेको छ ।
हाल पूर्वी खण्डको ६५ किलोमिटरमध्ये करिब ७ किलोमिटरमा मात्रै कच्ची सडक बाँकी रहेको र भौतिक प्रगति ८१ प्रतिशत पुगेको उनले बताए । दाउन्ने क्षेत्रबाहेक अन्य स्थानमा यात्रा सहज भइसकेको छ ।
एडिबीको सहयोगमा करिब १६ अर्ब ९९ करोड लागतको ११३ किलोमिटर सडक विस्तार आयोजना अन्तिम चरणमा पुगेको छ, जसको म्याद चौथोपटक थप गरी आउँदो साउनसम्म कायम गरिएको छ ।–00—

