काठमाडौं । सरकारले संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी दुई अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। ती अध्यादेश अहिले रामचन्द्र पौडेल समक्ष अध्ययनका क्रममा रहेको शीतलनिवास स्रोतले जनाएको छ।
‘संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश आएका छन्, आजै प्राप्त भएका हुन् र अध्ययन भइरहेका छन्,’ स्रोतले जानकारी दिएको छ।
सरकारले संसद् अधिवेशन नबोलाई अध्यादेशमार्फत कानुनी व्यवस्था ल्याउन खोजेको भन्दै विपक्षी दलहरूले भने कडा विरोध जनाएका छन्। उनीहरूले संसद् छल्ने प्रयास भएको आरोप लगाउँदै यस कदमप्रति असहमति व्यक्त गरेका छन्।


