रवि–बालेन वार्ता सम्पन्न, छलफलको विवरण आउन बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगको वार्ता सकेर निस्किएका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको निवासमा दुवैबीच भेटवार्ता भएको हो । वार्ता सम्पन्न गरेर लामिछाने केही बेरअघि मात्र त्यहाँबाट बाहिरिएका हुन् । दुवै नेताबीच भएको छलफलको विषयवस्तु र निष्कर्षबारे भने विस्तृत जानकारी आउन बाँकी छ । राजनीतिक वृत्तमा भने यो भेटलाई वैकल्पिक राजनीतिक शक्ति निर्माण र भावी समीकरणसँग जोडेर हेरिएको छ । —00—

Share:

सम्बन्धित समाचारहरु