एनपीएल–२ : आज जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दुई महत्वपूर्ण खेल हुँदै छन्।

बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन्। लगातार चार खेलमा पराजित भई पुछारमा रहेको जनकपुरले प्लेअफको आशा जोगाइराख्न जित आवश्यक रहेको छ। चार खेलमा दुई जित दर्ता गरेको चितवन भने आजको खेल जितेर प्लेअफ यात्रालाई थप बलियो बनाउने लक्ष्यमा छ।

त्यसैगरी अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न अत्यन्तै महत्वपूर्ण मानिएको छ। चार खेलमा एउटा मात्र जित दर्ता गरेको पोखरालाई जितपछि प्लेअफको सम्भावना सहज हुनेछ भने कर्णालीका लागि यो खेल ‘गर या मर’को अवस्थामा रहेको छ।

मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा स्थान बनाउने पहिलो टोली बनिसकेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु