चितवन खैरहनीमा गाईको मासु काट्दै गरेका ६ जना पक्राउ

चितवन, मंसिर १५ — चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित केराको बारीभित्र गाईको मासु काट्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारी ६ जनालाई पक्राउ गरेको छ।

आज दिउँसो करिब १:५० बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीको मोबाइल टोलि — प्रहरी नायब निरीक्षक उज्वलराज चितुवाल को कमाण्डमा टोली खटिएको थियो।

घटनास्थलमा पुगेको प्रहरी टोलीले गाईको मासु काटिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय खैरहनीबाट करिब ७ किलोमिटर दक्षिण पर्ने बताइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप छानबिन भइरहेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु