भरतपुर । होली भिजन पब्लिक स्कुलमा बाल अधिकार सम्वन्धी सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई चेतनशील बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बाल अधिकार लगायत मौलिक हकका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
हरेक पल गाँउ नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रम हरेक विद्यालयमा पुर्याउने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो।


