एजेन्सी — हङकङको ताई पो जिल्लास्थित एक आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ। आगलागीमा ७६ जना घाइते भएका छन् भने ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
बुधबारदेखि लागेर फैलिँदै गएको आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको हङकङका स्थानीय अधिकारीहरूले बताए। आगो निभिएपछि अग्निनियन्त्रकहरूले हरेक फ्ल्याट र कोठामा पुगेर विस्तृत अवस्थाबारे जाँच सुरु गरेका छन्।
आगो लाग्दा घरभित्र कति मानिस थिए भन्ने यकिन भइसकेको छैन। पछिल्लो जनगणना अनुसार सो अपार्टमेन्ट कम्प्लेक्समा करिब ४ हजार ६ सय मानिस बस्ने गरेका थिए। अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको र मृतक तथा बेपत्ता संख्या अझै बढ्ने आशंका रहेको बताएका छन्।–00–


