सिरहामा अपहरणपछि १५ वर्षीय किशोरको हत्या

जनकपुरधाम । सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ । गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंह मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान अभिषेकको शव घर नजिकै रहेको आँप बगैंचामा फेला परेको हो ।

उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ र डग टोली बोलाउने तयारी भइरहेको छ ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति करिब ८ बजे बेपत्ता भएका थिए । रातभर खोजतलास गर्दा पनि पत्ता नलागेपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट उनकी आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

Share:

सम्बन्धित समाचारहरु