महावीर पुन:“कसैलाई मन्त्री भन्न रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला”

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधा मन्त्रीका लागि सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार उनको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि पुनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

फेसबुकमा “पहिलो घोषणा” शीर्षकमा लेख्दै पुनले भनेका छन्– “मलाई मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री भन्न रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।”

उनले फोन गरेर बधाई दिनु वा खादा–माला लिएर नआउन पनि अनुरोध गरेका छन्। बरु पाँच महिनाको अवधिमा शिक्षा, विज्ञान र प्रविधा क्षेत्रमा गर्न सकिने ठोस काम वा आइडिया भए ह्वाट्सएपमार्फत सेयर गर्न आग्रह गरेका छन्। –00—

Share:

सम्बन्धित समाचारहरु