बिजय खरेल – सेतो नेपाल
चितवन,१६ भाद्र – माडी नगरपालिका वडा नं. १ मा रहेको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण पवित्र स्थल वाल्मीकि आश्रम वरिपरि बसोबास गर्ने बालबालिकालाई शिक्षा क्षेत्रमा सहयोग पुगोस भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन राइजले आज विभिन्न स्टेशनरी सामग्री सहयोग गरेको छ।
सहयोग गरिएको सामग्रीमा १५ दर्जन कपी, एक थान भलिबल, १५ थान ज्याम्ती बक्स, पाँच दर्जन पेन्सिल, एक प्याकेट इरेज़र, तथा पाँच दर्जन कलमहरू समावेश गरिएको थियो।
उक्त ऐतिहासिक धार्मिक स्थलमा आजै माडी नगरपालिकाको कार्यपालिका बैठक पनि सम्पन्न भएको थियो। कार्यपालिका बैठक बस्ने थाहा पाइसकेपछि, क्लबका अध्यक्ष शिरीष पन्तले पत्रकारहरूसँग स्थलगत रिपोर्टिङका गयका पत्रकारलाई उपलब्ध गराइ पठाइएका थिए ।
स्टेसनरी सामग्री वितरण माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोद्वारा उक्त क्षेत्रका बालबालिकालाई सहज रूपमा पढ्न मद्दत पुग्ने उद्देश्यले महिला स्वयंसेविका शिक्षिकाको रूपमा छनोट हुनुभयकी कला क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो । मेयर महतोले सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुहुँदै, सामग्रीको उचित उपयोग गरी बालबालिकालाई शिक्षा प्रदान गर्न महिला शिक्षिकालाई विशेष अनुरोध गर्नुभएको थियो।
लायन्स क्लब अफ चितवन राइज संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको छ। अध्यक्ष शिरीष पन्त युवा व्यवसायिक तथा सामाजिक क्षेत्रमा लोकप्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। –00—


