खगेरीखोलामा वेपत्ताभएका पुरुषको शव भेटियो (भिडियो सहित)

कालिका,५ भदौं । खगेरीखोलामा वेपत्ताभएका पुरुषको शव भेटिएको छ । हिजोदेखि हराईरहेका कालिका वडा नं. ५ पदमपुरका अन्दाजी ७२ वर्षिया दशरथ (डकुवा) चौधरीको शब कामिनीघाट नजिकै फेला परेको हो ।

भैसी चराउन गएका चौधरी हिजो भैसी धपाउन खोलामा जानेक्रममा डुबेर बेपत्ता भएका थिए । हिजोदिन स्थानी, सुरक्षाकर्मी, नेपाली सेनाको टोली, नगरप्रहरी खोजीकार्यमा जुटेपनि भेटाउन सकेन ।

खगेरीखोलाको छेउछाउँमा बढेको झाडीसँगै जंगली जनावर र गोहीको डरका कारण राती खोजीकार्य स्थगीत गरेका थिए । आज विहानैदेखि खोजी कार्य सुरु गरिएको थियो । स्थानीयहरुले खोज्ने क्रममा डुबेकै ठाउँ नजिकै भंगालोमा उनको शब डुबेकै अवस्थामा फेला पारेको हो ।

 

 

Share:

सम्बन्धित समाचारहरु