आज देशभर सामान्य बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, १ भदौ  । आज देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा दिउँसो भारी वर्षा हुनसक्ने सम्भावना छ । यस्तै बागमती, मधेश, कोशी र अन्य प्रदेशका तराई तथा पहाडी भूभागका केही ठाउँमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाले मनसुनको न्यून चापीय रेखा सामान्य भन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षा जारी रहने जनाएको छ ।

आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।–00–

Share:

सम्बन्धित समाचारहरु