चितवन, १८ साउन । गजल साहित्यमा समर्पित योगदानको उच्च मूल्याङ्कनस्वरूप गजल मञ्च चितवन द्वारा गजलकार राजु आचार्य ‘दीप’लाई ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ।
गजल विधामा निरन्तर सशक्त लेखनमार्फत सिर्जनात्मक योगदान पुर्याउँदै आएका आचार्यलाई सम्मानित गर्न आगामी भाद्र ७ गते, शनिबार एक विशेष पुरस्कार अर्पण तथा गजल वाचन कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रम चितवन माध्यमिक विद्यालय, भरतपुर–१० मा दिउँसो २ बजे देखि ४ बजेसम्म आयोजना हुने गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिएका छन्। कार्यक्रममा गजल वाचनसँगै समसामयिक गजल चिन्तन र सौन्दर्यबोधसम्बन्धी वैचारिक आदानप्रदान पनि हुने जनाइएको छ।–00–


