चितवनको पिठुवामा नहरमा वृद्धको शव फेला

चितवन,९ साउन ।– चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवास्थित नहरमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।

स्थानीय कर्ण बहादुर गुरुङ (७५ वर्ष) आज बिहान अन्दाजी ७ बजे आफ्नै घरबाट निस्किएकोमा, केही समयपछि हातीगाडे नहरदेखि करिब १ किलोमिटर दक्षिणतर्फ सोही नहरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शव फेला परेको जानकारी बिहान ८ बजे अस्थायी प्रहरी पोष्ट पिठुवामा प्राप्त हुनासाथ प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट पिठुवा र प्रहरी निरीक्षक मनिष श्रेष्ठकाे  कमाण्डमा इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। शव फेला परेको स्थान पिठुवा प्रहरी पोष्टदेखि झण्डै २ किलोमिटर उत्तरतर्फ पर्छ।

शवको पहिचान र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Share:

सम्बन्धित समाचारहरु