कालीमाटी बजारमा बेचिएको सागमा अत्यधिक विषादी,खानै नमिल्ने स्तर

काठमाडौं, ७ साउन। कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको सागमा अत्यधिक मात्रामा कीटनाशक विषादी भेटिएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले बुधबार गरेको परीक्षणमा ८०.९५ प्रतिशत कीटनाशक विषादी पाइएको हो, जुन खानै नमिल्ने स्तर हो।

प्रयोगशालाका अनुसार,

  • ३५ प्रतिशतभन्दा कम विषादी देखिएमा साग उपभोगयोग्य मानिन्छ,

  • ३५ देखि ४५ प्रतिशतसम्म देखिए केही दिन राखेर मात्रै खान मिल्ने हुन्छ,

  • ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यो साग बिसर्जन गर्नुपर्ने हुन्छ।

तरकारीमा पाइने विषादीमध्ये प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी मात्र परीक्षण गर्ने बताएको छ। अन्य रसायन र विषादीको हकमा यो नतिजा लागू नहुने स्पष्ट पारिएको छ।

यसरी सार्वजनिक बजारमा स्वास्थ्य जोखिमयुक्त तरकारी बिक्री भइरहेको तथ्यले उपभोक्ता सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। विशेषज्ञहरूले स्रोतदेखि बजारसम्मको निगरानी कडा बनाउनुपर्ने माग गरिरहेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु