चितवनमा शान्ति सुरक्षा , सेवा प्रवाहको प्रभावकारिता बढाउन चितवन प्रहरी प्रमुखको निर्देशन

सेतोनेपाल संवादाता –

चितवन, ४ साउन । जिल्लामा शान्ति सुरक्षाको अवस्था अझ प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आज दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरीको अध्यक्षतामा मासिक मिटिङ सम्पन्न भएको हो। मिटिङमा यस कार्यालय तथा मातहत कार्यालयमा कार्यरत युनिट इञ्चार्जहरू र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। छलफलमा जिल्लाभित्रको समसामयिक शान्ति सुरक्षा अवस्था, सेवा प्रवाहको प्रभावकारिता र आपसी समन्वयलगायतका विषयमा विचारविमर्श गरिएको थियो। प्रमुख पुरीले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आवश्यक निर्देशनसमेत दिएका थिए।

 

त्यसैगरी, नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘एक दिन, एक युनिट : एक कार्यक्रम’ समेत आज सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा पुगेर लागुऔषध दुव्र्यसन न्यूनीकरण, घरेलु हिंसा नियन्त्रण, चोरी डकैती न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरेका थिए।

दुवै कार्यक्रमबाट प्रहरी र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।

–00–

Share:

सम्बन्धित समाचारहरु