-रेशम सापकोटा -सेतो नेपाल
माडी,२ साउन । श्रावण १८ र १९ गते माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा मञ्चन हुने ‘मुनामदन’ नाटक मन्चनगर्ने तयारी छ । नाटकलाई पूर्ण सभावेशी बनाउने उद्देश्यले माडी नगरपालिकाका सूचना अधिकारी तथा साहित्यिक व्यक्तित्व प्रबिण सन्नाटाले प्रेरणादायी कदम चाल्नुभएको छ।
“म हेर्छु, अरूलाई पनि हेराउँछु” भन्ने सोचका साथ उहाँले ३ जना विद्यार्थीलाई टिकट उहारको व्यवस्था गर्नुभएको छ ।
विद्यार्थीका लागि आफुले नै टिकट लिएर उपहार स्वरुप प्रदानगरिने बताउनुभयो । आफूसहित ४ जनाले नाटक हेर्ने वातावरण मिलाएको छु उहाँले भन्नुभयो यसका लागि १ साधारण टिकट जस्को मूल्य तीनसय रुपैयाँ र ३ जना विद्यार्थीलाई सात सय ५० को दरले टिकट उपहारदिनेछ ।
सेतो नेपालसँगको कुराकानीमा सन्नाटाले भन्नुभयो, “आर्थिक कारणले नाटक हेर्न नपाउने विद्यार्थीलाई यस्तो अमूल्य साहित्यिक–सांस्कृतिक अनुभवबाट वञ्चित हुन दिनु हुँदैन। नाटक हेरेपछि उनीहरूको अनुहारमा देखिने उत्साह नै मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हुनेछ।”
उहाँको यो प्रयासले विद्यार्थीहरूलाई साहित्य, संस्कृति र समाजप्रतिको गहिरो संवेदना विकास गर्न प्रेरणा दिने विश्वास गरिएको छ।–00–

