जापानमा रहनुभएका माडीका भैरव अधिकारीले NRNA नागोयाको सचिवमा उम्मेदवारी घोषणा

रेशम सापकोटा – सेतो नेपाल
माडी,१ साउन ।

चितवन ३२ असार । चितवनको माडी–८, दक्षिण अयोध्यापुरी निवासी सामाजिक युवा अगुवा भैरव अधिकारीले गैरआवासीय नेपाली संघ (NRNA) नागोया, जापानको सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

विगत लामो समयदेखि जापानको नागोया शहरमा बसोबास गर्दै आउनुभएका अधिकारीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा उम्मेदवारी दिनुभएको हो।

सेतो नेपालका संवाददाता रेशम सापकोटासँग कुराकानी गर्दै अधिकारीले भन्नुभयो, “NRNA केवल संस्था होइन, यो विदेशमा रहेका नेपालीहरूको सपना, संघर्ष र सम्भावनाहरूको साझा मञ्च हो। सचिव पदका लागि उम्मेदवारी दिएर म नेपाली समुदायबीच आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने लक्ष्यमा छु।”

नेपाल–जापान सम्बन्धलाई भावनात्मक, सामाजिक र सांस्कृतिक हिसाबले अझ गहिरो बनाउने उद्देश्यसहित आफूले सचिव पदको जिम्मेवारी सम्हाल्न चाहेको अधिकारीले बताउनुभयो।

पद प्राप्तिको आकांक्षाभन्दा पनि समुदायप्रति सेवा र उत्तरदायित्वको भावनाले आफूलाई उम्मेदवारीतर्फ प्रेरित गरेको छु अधिकारीले भन्नुभयो । जापानमा रहनुभएका नेपाली समुदायलाई आत्मीयताको भावनासहित समेट्ने र उनीहरूका हकहितका लागि संस्थागत ढंगबाट काम गर्ने प्रतिबद्धता उहाँले कुराकानीका क्रममा व्यक्त गर्नुभएको छ।

NRNA नागोया, जापानको सचिव पदमा अधिकारीको उम्मेदवारीले जापानस्थित नेपाली समुदायमा उत्साह र चर्चा ल्याएको छ।

Share:

सम्बन्धित समाचारहरु