रत्ननगरमा बेपत्ता बालकको शब १५ घन्टापछि फेला

सेतो नेपाल – चितवन

रत्ननगर, २७ असार  – रत्ननगर नगरपालिका–७ स्थित पडेरिया पुल नजिक बुढिराप्ती नदीमा बेपत्ता भएका एक बालकको शब १५ घन्टापछि फेला परेको छ।

नगरपालिकाको नगरप्रहरी टोलीले शुक्रबार बिहान ५:१८ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उक्त बालकको शब फेला पारेको हो।

पीडित बालक बिहीबार दिउँसो २ बजे बुढिराप्ती नदीमा हराएका थिए। बेपत्ता भएको झण्डै १५ घन्टापछि शब भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको सनाखत प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा खोजी कार्य तीव्र पारिएको थियो। नदीमा पानीको बहाव बढिरहेको हुँदा उद्धारमा कठिनाइ भए पनि अन्ततः शब फेला पारिएको नगरप्रहरी स्रोतले जनाएको छ।

 

Share:

सम्बन्धित समाचारहरु