दीपक मोबाइलको दोस्रो शाखा सप्तगण्डकी कलेज नजिक, भोलिबाट विशेष अफरसहित सेवा सुरू

-रेशम सापकोटा- सेतो नेपाल
भरतपुर चितवन ।

चितवन, — नेपालकै केन्द्र बिन्दु चितवन। यही चितवनको नारायणघाट, इन्द्रदेव मार्गबाट मोबाइल व्यवसायको यात्रा थालेको दीपक मोबाइल पसलले समयसँगै विश्वास जित्दै आजको सफल यात्रालाई दोहो¥याउँदै छ। मिति २०६५ सालबाट सुरु भएको यो पसल मोबाइल मात्र होइन, ग्राहकसँगको आत्मीय सम्बन्धको अर्को नाम बनेको छ।

वर्षौंसम्म भरतपुर–२ स्थित नारायणघाटबाट मोबाइल तथा पार्ट्स, मोबाइलको मर्मत, होलसेल र खुद्रा बिक्रीमार्फत सेवा दिँदै आएको दीपक मोबाइल पसलले अब आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ। भोलि मिति २०८२ साल असार २७ गते, बुधबार बाट यो पसल भरतपुर–१०, सप्तगण्डकी कलेज नजिकै नयाँ स्थानबाट औपचारिक रूपमा संचालनमा आउँदैछ।

 

दीपक प्रसाई यो नाम अहिले मोबाइल व्यवसायमा एउटा विश्वास बनेको छ। चितवन, नवलपरासी, हेटौंडा, पोखरा, तनहुँलगायतका जिल्लाहरूमा होलसेल सामान आपूर्ति गर्दै आइरहेका उनले अब भरतपुरमै दोस्रो शाखा खोल्दैछन्। नयाँ पसलमा Vivo, iPhone, Samsung जस्ता ब्रान्डेड मोबाइलहरू मात्र होइन, चार्जर, इयरफोन, हेडफोन, मोबाइल कभर, टेम्पर्ड ग्लास, एयरबड्स लगायतका सामग्रीहरू सहज रूपमा उपलब्ध हुनेछन्।

पसलमा उपलब्ध सामग्रीहरू मोबाइल प्रयोगकर्ताको दैनन्दिन आवश्यकतासँग जोडिएका छन्। मर्मतदेखि मोबाइल पार्ट्स बिक्रीसम्म, सबै सेवा एउटै थलोबाट पाइने व्यवस्था मिलाइएको छ। ग्राहकले आफ्नो रुचि, बजेट र आवश्यकता अनुसार सेवा लिन सक्ने वातावरण बनाइएको छ।

यसपटक ओपनिङसँगै दीपक मोबाइलले एक हप्तासम्म सीमित अवधिको विशेष अफर सार्वजनिक गरेको छ। पाँच रुपैयाँमै मोबाइल कभर, ९९ रुपैयाँमै आकर्षक कभरहरू, अनि मोबाइलका विभिन्न सामानहरू राखेर तयार पारिएको ‘कम्बो प्याक’ पनि विशेष छुटसहित उपलब्ध हुनेछन्। मोबाइल खरिद गर्दा हात खाली नजाने — सानातिना तर मीठा उपहारहरू पनि ग्राहकका लागि राखिएको सञ्चालक दीपक प्रसाई बताउँछन्।

दीपक मोबाइलले व्यवसायलाई केवल कारोबारको रूपमा होइन, सम्बन्ध र सन्तुष्टिको यात्राको रूपमा अघि बढाएको छ। यही सोचका साथ प्रसाईले नयाँ शाखा खोल्नुको कारण भने — “ग्राहकको चाहना, सन्तुष्टि र पहुँच सहज बनाउने। उनीहरूलाई सेवा दिन अझ नजिकबाट सक्ने।”

मोबाइल व्यवसाय संघ चितवनका सल्लाहकार समिति सदस्य तथा केन्द्रीय सदस्यसमेत रहेका प्रसाई लामो समयदेखि मोबाइल क्षेत्रमा क्रियाशील छन्। उनले मोबाइल र मोबाइल पार्ट्सको मात्र कारोबार गरेका छैनन्, सामाजिक क्षेत्रमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन्। नारायणघाटस्थित दीपक मोबाइल पसलमार्फत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका उनी व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि बोकेर अघि बढिरहेका छन्।

अब चितवनको मुटुमा दोस्रो शाखा सुरु हुँदैछ, दीपक प्रसाई सबै ग्राहक, शुभचिन्तक र साथीहरूलाई पसलमा अवलोकन गर्न, अफरको लाभ लिन र आफूलाई आवश्यक मोबाइल तथा सम्बन्धित सामग्रीहरू लिन आग्रह गर्छन्।

ग्राहकको विश्वास नै हाम्रो सफलता हो, उनी भन्छन् — “हामी मोबाइल मात्रै बेच्दैनौं, विश्वास बाँड्छौं।”

 

 

Share:

सम्बन्धित समाचारहरु