गुजरातमा पुल भत्किँदा नौ जनाको मृत्यु

काठमाडौं, २५ असार ।

भारतको गुजरातमा पुल भत्किएर गाडीहरू नदीमा खस्दा नौ जनाको ज्यान गएको छ । गुजरात राज्यको आणंद र वडोदरा जिल्ला जोड्ने पक्की पुल भत्किँदा अन्य ६ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।

वडोदराको बाहिरी भागमा रहेको माही नदीमा बनेको पुलको बीचको भाग भत्किएको हो । दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा कार र एउटा अटोरिक्सा नदीमा खसेका वडोदराका कलेक्टर अनिल धामेलियाले बताउनुभएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रशासन र स्थानीय प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य शुरू गरेका खबरमा उल्लेख छ । गुजरात सरकारले घटनाको जाँच गर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल झन्डै ४० साल पुरानो थियो ।

 

Share:

सम्बन्धित समाचारहरु