फुलबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लियो, तामा र फलामका सामान बरामद

चितवनको मंगलपुरमा चोरी गर्दै गरेको अवस्थामा दुई किशोर पक्राउ

चितवन, असार २२ –
चितवनको भरतपुर महानगरपालिका–१५ मंगलपुरमा चोरी गर्दै गरेको अवस्थामा दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार बिहान करिब २ः३० बजे स्थानियले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय (इ.प्र.का) फुलबारीबाट प्रहरी निरीक्षक लालबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले ती किशोरलाई चोरी गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१७ गोब्रेनी बस्ने १७ वर्षीय अर्जुन बि.क. र १४ वर्षीय विनोद परियार रहेका छन्। उनीहरूलाई चोरीको सामानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट तामाका कलश १० थान, चरेसका कलश २ थान, साइकल १ थान र फलामका रडका टुक्राहरू बरामद गरिएको छ।

घटनास्थल प्रहरी कार्यालय फुलबारीबाट करिब दुई किलोमिटर उत्तरमा पर्छ। नियन्त्रणमा लिइएका दुवै किशोरलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय फुलबारीमै राखिएको प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु