तीन नेपाली बालिका भारत लैजाने क्रममा तीन भारतीयसहित चार जना पक्राउ

रुपन्देही, १६ असार । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह सीमा नाकाबाट तीन नेपाली बालिकालाई भारत लैजाँदै गरेका तीन भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन्।

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका मध्ये एक जना नेपाली महिला पनि छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेहरू लामो समयदेखि सीमावर्ती क्षेत्रमा सक्रिय रहँदै बालबालिकालाई विभिन्न प्रलोभन देखाएर भारत लैजाने प्रयासमा संलग्न थिए।

असार १५ गते दिउँसो साढे ३ बजे शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदहबाट खटिएको टोलीले बालिकाहरूलाई सीमा पार गराउने प्रयास हुँदै गरेको अवस्थामा फेला पारेको थियो।

पक्राउ पर्नेहरू:

गीता गौड (३८ वर्ष), कैम्पियरगंज, गोरखपुर, उत्तर प्रदेश

नेहा पाण्डे (१९ वर्ष), कैम्पियरगंज, गोरखपुर

प्रमोद कुमार धोबी (२६ वर्ष), कैम्पियरगंज, गोरखपुर

निर्मला लोध (१९ वर्ष), गैडहवा गाउँपालिका–६, रुपन्देही

डिएसपी सुरज कार्कीका अनुसार उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको छ।

नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी मानव तस्करी गर्ने गिरोहहरू पछिल्ला वर्षहरूमा झनै सक्रिय बन्दै गएकाले सुरक्षा निकायले निगरानी र कारबाही कडा बनाउँदै आएको जनाइएको छ।

 

Share:

सम्बन्धित समाचारहरु