दैलेखमा मिथेन ग्यासको विशाल भण्डारण, ५० वर्षको माग धान्न सक्ने अनुमान

दैलेख, ५ असार ।  चीनको जियोलोजिकल सर्भे कम्पनीले दैलेखको जलजले क्षेत्रमा गरिएको प्रारम्भिक अन्वेषणमा ठूलो मात्रामा मिथेन ग्यास भेटिएको जनाएको छ। २०७८ वैशाखदेखि गरिएको ड्रिलिङमा एक अर्ब १२ करोड घनमिटर ग्यास पुष्टि भएको छ भने सम्पूर्ण क्षेत्रमा करिब ४३० अर्ब घनमिटर ग्यास हुने अनुमान गरिएको छ।

नेपाल र चीनबीचको २०१९ को सम्झौताअनुसार सञ्चालित परियोजना हालसम्मकै सबैभन्दा वैज्ञानिक र गहिरो अन्वेषण भएको बताइएको छ। चिनियाँ कम्पनीले २०२५ को अन्त्यसम्म विस्तृत प्रतिवेदन दिनेछ र व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने तयारी छ।

यो परियोजनाबाट मुलुकको ऊर्जा सुरक्षामा ऐतिहासिक परिवर्तन आउने विश्वास लिइएको छ। सफल कार्यान्वयनपछि स्वदेशी इन्धन स्रोतबाटै ऊर्जा उत्पादन र वितरण सम्भव हुने अपेक्षा गरिएको छ।–0–

Share:

सम्बन्धित समाचारहरु