रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं , ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ। अब सो रिटमा सर्वोच्चको आदेश आउन बाँकी छ।

गत मंगलबारदेखि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुरु भएको सुनुवाइ शुक्रबार सकिएको हो।

आजको सुनुवाइमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले रिटको पक्षमा बहस प्रस्तुत गरे।

त्यसपछि गृहमन्त्री लामिछाने र छविलाल जोशीका तर्फबाट अधिवक्ताहरू सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए। यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। सोही आदेशअनुसार उनी हाल रुपन्देही जिल्ला कारागारमा थुनामा छन्।

अब सर्वोच्चको आदेशले यस मुद्दाको पछिल्लो मोड दिनेछ।

Share:

सम्बन्धित समाचारहरु