प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता, राजनीतिक विषयमा छलफल

काठमाण्डौं, ६ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान दुई नेताबीच भेट भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठीक नभएकाले आजको प्रतिनिधिसभा बैठकमा राखिएको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ । यता, सत्तारुढ गठबन्धनभित्र देखिएको रस्साकस्सीका कारण राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अलपत्र परेको छ । यसै कारण हिजोका लागि तय गरिएको मन्त्रिपरिषद्को बैठकसमेत स्थगित गरिएको थियो ।

यसअघि हिजै देउवा र ओलीबीच भेट तय भए पनि सम्भव नभएकाले आज भेटवार्ता सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु