काठमाडौं ,२६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतल निवासमा भेटवार्ता सम्पन्न भएको छ।
प्रचण्डको सचिवालयले जनाए अनुसार, अध्यक्ष प्रचण्ड शुक्रबार शीतल निवास पुगेर राष्ट्रपतिसँग देशको समसामयिक राजनीतिक अवस्था र पछिल्ला घटनाक्रमबारे छलफल गरेका हुन्। स्रोतका अनुसार भेटमा सरकारको नीति तथा कार्यक्रम, संसदमा भइरहेको छलफल, तथा समसामयिक शक्ति सन्तुलन र राजनीतिक सहकार्यका सम्भावना बारे कुराकानी भएको थियो।
राष्ट्रपति पौडेलसँग अध्यक्ष प्रचण्डको यो भेटलाई सक्रिय राजनीतिक परामर्श प्रक्रिया को रूपमा हेरिएको बताइएको छ। –00–


