काठमाडौं, २५ वैशाख । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला अदालतमा कार्यरत एक जना कम्प्युटर अपरेटर दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अदालतका कम्प्युटर अपरेटर राम लखन बनियालाई बुधबार पाल्हिनन्दन गाउँपालिका–३, बेलासपुर चोकबाट नियन्त्रणमा लिएको हो। बनियाले लागुऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका एक व्यक्तिलाई छुटाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागेर लिएको आरोप अख्तियारले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।–00–

