आवासीय चिकित्सकमाथि धम्कीको गुनासो लिएर स्वास्थ्य मन्त्रीसँग संघको वार्ता

वैशाख १९, काठमाडौं – सरकारी सरह भत्ताको माग गर्दै आन्दोलनमा रहेका आवासीय चिकित्सक र नेपाल चिकित्सक संघका पदाधिकारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग छलफलमा बसेका छन्।

सरकारले निजी मेडिकल कलेजलाई आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निर्देशन दिएको भए पनि कार्यान्वयन नभएपछि आन्दोलन चर्किएको हो। यसबीच केही मेडिकल कलेज सञ्चालकले चिकित्सकलाई धम्की दिँदै कलेज प्रवेशमा रोक लगाएको गुनासो आएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले जानकारी दिए।

यसै विषयमा गुनासो राख्न संघ र आवासीय चिकित्सकको टोली मन्त्री पौडेलकहाँ पुगेको हो। टोलीले चिकित्सकलाई ससम्मान कलेज फर्किन पाउने वातावरण बनाउन सरकारसँग माग राखेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु