“जनमत पार्टी र नाउपा एकीकृत, घोषणा कार्यक्रम १७ गते”

काठमाडौं, १३ वैशाख । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरणको घोषणा भएको छ।

दुई पार्टीबीचको एकीकरणको घोषणा वैशाख १७ गते बिहान ११ बजे काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो। शुक्रबार जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

यसअघि जनमत पार्टी कार्यालय, मध्यबानेश्वरमा वैशाख १६ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा समिति सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। साथै, सदस्यहरूलाई आफ्ना नागरिकता र मतदाता परिचय पत्र लिएर आउन अनुरोध गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु