रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं, ९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमाथि आज (वैशाख ९) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

यसअघि सोमबार (वैशाख ८) तोकिएको पेसी ‘हेर्न नमिल्ने’मा परेपछि रिटको सुनुवाइ सम्भव नभएको हो। लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते उक्त रिट दर्ता गराएकी थिइन्। सर्वोच्च अदालतमा सोमबार न्यायाधीश हरि फुयालको इजलासमा रिट पेश गरिएको थियो। तर सो इजलासले हेर्न नमिल्ने भन्दै रिट अन्य इजलासमा पठाइएको हो।

यसअघि लामिछानेले बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध ७३ नम्बर निवेदन लिएर सर्वोच्च गएका थिए। उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो।

तर सो आदेशपछि सुनुवाइ अघि नबढ्दै उनकी पत्नी निकिताले लामिछानेलाई गैरन्यायिक रूपमा थुनामा राखिएको भन्दै रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।–00–

-00–

Share:

सम्बन्धित समाचारहरु