नेपालबाट हराएका चार सय वर्ष पुरानो दुई वटा मूर्ति बेलायतद्वारा फिर्ता

चैत ५ काठमाडौँ । नेपाली दूतावास लण्डनमा भएको विशेष समारोहमा बेलायत प्रहरीका तर्फबाट नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको हो ।

तीन सय वर्ष पुरानो देवी दुर्गाको आकृतिसहितको काठको तोरण र चार सय वर्ष पुरानो दाताको मूर्ति बेलायतको बरकत ग्यालरीमा भेटिएको थियो । ती सम्पदा नेपाल फर्काउने प्रक्रिया अन्तर्गत बरकत ग्यालरीले लण्डन स्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको हो ।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले पहिचान गरेपछि ती सम्पदा फिर्तीको प्रक्रिया सुरु भएको थियो । लण्डन स्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर शुक्रबार ती सम्पदा आफूहरुले प्राप्त गरेको जानकारी दिएको हो ।सम्पदा फिर्तीको प्रक्रियामा सहयोग गर्ने बेलायतको महानगरीय प्रहरीले तथा सम्पदा अध्येता डा एमिलिन स्थिमलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विशेष धन्यवाद समेत दिएका छन् ।यस्तै बरकत ग्यालरीले पारदर्शिता देखाउँदै सम्पदा फिर्ता गरेकोमा पनि राजदूत आचार्यले धन्यबाद दिएका छन् ।

दूतावासको स्वामित्वमा आएका सम्पदा चाँडै नेपाल फिर्ता ल्याइने जनाइएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु