गैँडाकोट, २७ चैत्र । नारायणी नदीमा डुवेर बेपत्ता भएका गैँडाकोटका एकैघरका दिदिभाईको शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ कुमालटोल बस्दै आएका १३ बर्षिया दिक्षा सेर्पुजा र ९ वर्षका स्वपनील सेर्पुजा बृटिसक्याप स्थित नारायणी नदिमा डुवेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट आएका गोताखोरको टिमले डुबेकै स्थानवाट उनिहरुको शव निकालेको हो । भाइ स्वपनीलको शव विहान साढे ११ वजे र दिदी दिक्षाको शव मध्यान्न साढे १२ वजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
हिजो साँझ हजुर आमा सँगै बृटिसक्याम्प घुम्न गएका उनिहरु हजुरआमाको चप्पल नदीमा खसेपछि सोहि चप्पल समाउन भन्दै नदीमा पसेका थिए । पानीको गहिराईका कारण उनीहरु नदीबाट बाहिर निस्किन सकेनन । पानीमै डुबेका थिए ।
दिक्षा र स्वपनील स्थानीय नेपाल राष्ट्रिय शम्सेर आर्दश माध्यामिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को बार्षिक परिक्षा दिएर नतिजाको पर्खाईमा थिए ।–00—

