प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता

बैंकक, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि दुई नेताबीच भेटवार्ता भएको हो । यसअघि बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलंकाका समकक्षी एवं उच्च नेतृत्वसँग ओलीले भेटवार्ता गरेका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु