तीन टाउकाले देश डुबाए: डा. बाबुराम भट्टराई

काठमाडौं,६ चैत्र । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीन टाउकाले देश डुबाएको आरोप लगाएका छन् ।

 

राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले भने, ‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर, समस्या समाधानका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । यी वैद्य र झाँक्रीले शल्यक्रिया गर्ने सामथ्र्य राख्दैनन् ।’

 

‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर, समस्या समाधानका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । यी वैद्य र झाँक्रीले शल्यक्रिया गर्ने सामथ्र्य राख्दैनन्,’ उनले भने ।

भट्टराईले तीनवटा टाउकाले आफूलाई छोटे राजाजस्तो बनाएको चर्चा गरे । संविधान जारी भएपछिको ९ वर्षमा ११ सरकार परिवर्तन भएको भन्दै भट्टराईले राजनीतिक अस्थिरताको चर्चा गरे । उनले भने, संविधान जारी भएको ९ वर्षमा ११ सरकार परिवर्तन भएको छ । समस्याको हलका लागि लोकतान्त्रिक स्थायित्व चाहियो । एउटा सरकारले कम्तीमा ५ वर्ष, १० वर्ष एउटा नीति बनाएर लागू गराउन सकोस् । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान ढिला गर्नु भएन ।’—00—

Share:

सम्बन्धित समाचारहरु