मोरङको धनपालथानमा भीषण आगलागी, २ बालबालिको मृत्यु, ८ घर जले

विराटनगर, ५ चैत्र । मोरङको धनपालथालन गाउँपालिकाको कदमा गाउँमा भिषण आगलागी भएको छ।

आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरूको परिचय खुलेको छैन। आगलागीका कारण हालसम्म ८ घर जलिसकेका छन्। आगो नियन्त्रण हुन सकेको छैन।

 

नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरी प्रवक्ता (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।–00–

फाइल तस्विर

Share:

सम्बन्धित समाचारहरु