चितवन, १८ पौष । १० औं खिचरा महोत्सव पौष २९ गतेदेखि खैरहनी नगरपालिकाको वडा नं. ५ जबकौली स्थित दुर्गा मन्दिर परिसरमा आयोजना हुँदैछ । यो सांस्कृतिक महोत्सव हो । थारुहरुले आदिमकालदेखि नै नयाँ वर्षको रुपमा माघ १ गतेलाई खिचरा पर्वको रुपमा मनाउँदै आएको छ । यसैलाई सांस्कृतिक महोत्सवको रुपमा विकासगर्दै आएको महोत्सव यो पटक १० औं संस्करणमा आयोजना हुँदैछ । महोत्सवको तयारी तीब्र पारिएको महोत्सव मूल आयोजक कमिटी संयोजक एवम थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ का संयोजक रामेश्वर चौधरीले जानकारी दिनुभयो ।
महोत्सवका लागि चौर व्यवस्थापन, अतिथि आमन्त्रण देखि आन्तरिक तयारी भइरहेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि महोत्सव परिसरमा थारुहरुको परम्परागत खानाका स्टलहरुसँगै केही व्यसायिक स्टलहरु रहनेछ । यस्तै महोत्सव परिसरमा कृषि प्रदर्शनीलाई समेत निरन्तरता दिइने छ । स्थानीय उत्पादनलाई प्रर्वद्धनगर्ने उद्देश्यले विगतका वर्षहरुदेखिनै कृषि परिसर राख्दै आएको महोत्सव आयोजक समितिले जनाएको छ ।
बाल उद्यान देखि दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुतीहुनेछ ।

महोत्सवलाई भव्य र व्यस्थित बनाउन थारु कल्याणकारिणी सभा चितवनले जिल्लाको सबै क्षेत्रीय प्रगन्नाहरुलाई निर्देशन समेत दिइसकेको छ । चितवनमा थारु कल्याणकारिणी सभाले सबै भूगोललाई समेटेर दशवटा क्षेत्रीय प्रगान्नाहरु बनाएर कामगर्दै आएको छ । यहि अनुसार आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले आज जिल्ला र सबै क्षेत्रका प्रतिनिधिहरुसँग समन्यात्मक बैठक समेत आयोजना गर्यो । बैठकमा थारुहरु एकजुट भएर महोत्सव सफल बनाउने् प्रतिवद्धता जनाए । खिचरा महोत्सवलाई सबै क्षेत्र ( प्रगन्न)ले साथ दिनेभएकाले सोही अनुसार तयारीगर्न आग्रह गरे ।
बैठक समन्वय समिति संयोजक धनवीर चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो । बैठकमा जिल्ला सचिव सन्तकुमार चौधरी सहित प्रत्येक क्षेत्रका क्षेत्रीय सभापतिहरु सहभागि थिए ।–00–
‘


