तराईमा हुस्सु, यातायात सेवा प्रभावित हुनसक्ने

काठमाडौं, १५ पौष।

जल तथा मौसम विज्ञान विभागले आज बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

तराईका केही स्थानमा कुहिरो समेत लागेकाले दैनिक जनजीवन, पर्वतारोहण, सडक तथा हवाई यातायात सेवामा असर पर्नसक्ने विभागले जनाएको छ ।

पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने सम्भावना छ ।

Share:

सम्बन्धित समाचारहरु