मकवानपुरमा कुटपिटबाट एकजनाको मृत्यु

हेटौंडा, १३ पौष । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

 

गत पुस ८ गते थाहा नगरपालिका( १० मा भएको घटनामा परी घाइते भएका मूल गाउँ बस्ने ५३ वर्षीय हिराकाजी गोपालीको मृत्यु भएको छ ।

गोपालीलाई सोही स्थान बस्ने ४७ वर्षीय जयराम गोपालीले कुटपिट गरेर घाइते बनाएको मकवानपुर प्रहरीले जनाएको छ । आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयरामले हिराकाजीलाइ कुटपिट गरेका थिए ।

हिराकाजीलाई उपचारको लागि काठमाडौंको दीर्घायु अस्पतालमा पठाइएकोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु