चितवनमा १० औ खिचरा महोत्सव हुदै : पौष २८ देखि माघ ८ गते सम्म १० हुने

चितवन ३, कार्तिक

तराईका आदिबासी भुमिपुत्र थारुहरुले मनाउने नयाँ बर्ष खिचरा (माघी) पर्बको उपलक्ष्यमा चितवनमा १० औ खिचरा महोत्सव हुने भएको छ ।

बिगतको बर्षहरु झै यो बर्ष पनि खैरहनी नगरपालिका वडा न ५ मा रहेको गौचरन मा पौष २८ देखि माघ ८ गते सम्म हुने थारु कल्याणकारी सभा चितवन श्रेत्र न। ७ का सभापति रामेश्वर चौधरीले जानकारी दिनु भएको छ ।

साथै बिगतको बर्ष मा झै यो बर्ष पनि सस्कृती लाई विशेष प्राथमिकता दिइने पनि चौधरीले जानकरी दिनु भएको हो ।

महोत्सवमा  व्यापारिक स्टल, खानाका परिकारहरुको स्टल, बाल उद्यान, थारू जातिको सांस्कृतिक घर राखिने छ । यस्तै, थारू संस्कृति झल्कने नृत्य र अन्य जातजातिको समेत सांस्कृतिक प्रस्तुति रहने छ ।

फाईल तस्विर

Share:

सम्बन्धित समाचारहरु