आँबुखैरेनी बस दुर्घटनाः २५ जनाको शव भारतीय वायुसेनाको विमानमार्फत भारत लगियो

चितवन,८ भदौं। तनहुँको आँबुखैैरेनी दुर्घटनामा ज्यान गुमाएका २५ जना भारतीय नागरिकको शव भारतीय वायुसेनाको विमानमार्फत लगिएको छ । दुर्घटनामा परेर २६ जनाको ज्यान गएको थियो । अन्य दुईजना गाडीको चालक र सहचालकको शव भने उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ ।

 

शनिबार दिउँसो भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो ।

आपतमा परेका आफ्ना देशका नागरिकलाई सहानुभुतीसँगै र दुखमा साथ दिन भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि चितवन आएकी थिइन । उनीपनि शव बोकेको यही विमानमार्फत भारत फर्किएकी छिन् ।


पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका- २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

बसमा यात्रु ४१ र चालक तथा सहचालक एकएक गरी ४३ जना सवार थिए ।

—00—

Share:

सम्बन्धित समाचारहरु