भारतीय प्राविधिक टिम सहित २ सय सुरक्षाकर्मी खटिएपनि नतिजा शुन्य

पानीको बेगका कारण त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न कठिनाई

काठमाडौँ, ६ साउन । पानीको बेगका कारण त्रिशूलीनदीमा बेपत्ता बस खोज्न कठिनाई भएको छ । विहानैदेखि सिमलताल क्षेत्रमा भारतीय प्राविधिक टोली सहित सुरक्षाकर्मीहरु परिचालन भएपनि पानीको बेगका कारण खोजी कार्यमा समस्या भएको हो ।

 

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा हराईरहेको दुईवटा बस खोज्न भारतवाट आएका प्राविधिक सहितको टिमले विहानैदेखि बस खोज्न प्रयास गरेपनि पानीको तीब्र बेगका कारण समस्या भएको हो । घटनास्थलदेखि लगभग डेढकिलोमिटरको दुरी सम्म सोनार क्यामेराको प्रयोग गरेर खोजीगरिएपनि पानीको बेगले इच्छाए अनुसारले खोजी गर्न सकेनन् ।

 


त्रिशूलीनदीमा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन पुगेको भारतीय प्राविधिक टोलीले आज बिहानैदेखि घटनास्थल सिमलतालबाट खोजी थालेपनि नतिजा दिन सकेनन् ।

भारतको ‘राष्ट्रिय आपदा मोचन बल(एनडीआरइफ)’ का १२ जनाको प्राविधिक टोली चितवन पुगेर बेपत्ता बस र यात्रुको खोजिगर्न थालेका छन् ।
टोलीले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्नसक्ने सोनार क्यामेरालगायत प्रविधि प्रयोग गरिरहेको छ । तीनवटा सोनार क्यामेरा बोकेर चितवन पुगेका टोलीले विहान एउटा मात्रै सोनार क्यामेरा प्रयोग गरे ।

अहिले खाना खान ब्रेक भएको छ । खाना खाएपछि देवघाट क्षेत्रमा खोजिकार्यलाई निरन्तरता दिने तयारी छ । टोली सातदिन सम्म चितवन बसेर खोजीकार्यमा सहयोग गर्ने तालिका छ ।

तस्विरः सेतोनेपाल ।

—00—

 

 

Share:

सम्बन्धित समाचारहरु