गोलाघाट नजिकैको नारायणी नदीमा फेरी अर्को शव फेला, सुरक्षाकर्मीको टोली अबको केहिबेरमा पुग्दै

चितवन, ३० असार । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित गोलाघाट नजिकै फेरी अर्को शव फेला परेको छ।

सिमालताल बस दुर्घटनाभन्दा ५० किलोमिटर तल गोलाघाट नजिकै नारायणी नदी किनारको टापुमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

उक्त शवको पहिचान हुन भने बाँकी छ।

गोलाघाट नजिकैको नारायणीनदीमा फेरि १ वटा शव भेटिएको भन्ने खबर प्राप्त भएको छ। त्यहाँ सुरक्षाकर्मीको टोली अबको केहिबेरमा पुग्दैछन्,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने।

उक्त शव पनि सिमलताल दुर्घटनाकै यात्रुको हुन् सक्ने आशंका गरिएको छ । तर पुष्टि हुन भने बाँकी रहेको छ।

यसअघि शनिवार गोलाघाटमा एक र गैंडाकोटमा दुईजनाको शव फेला परेको थियो। भेटिएका तीन वटै शव सिमलताल दुर्घटनाकै भएको पुष्टि भइसकेको छ।—00—

Share:

सम्बन्धित समाचारहरु